राधे राधेमा श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाईयो

राधे राधेमा श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाईयो

काठमाडौं । श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम राधे राधे (ठिमी ) भक्तपुर लगायत यस सम्वध्द नेपाल तथा विश्वका विभिन्न स्थानमा रहेका सत्संग केन्द्रहरुमा भगवान श्रीकृष्ण जन्माष्टमी महोत्सव विविध कार्यक्रमका बीच दिव्योल्लासमय वातावरणमा मनाईयो ।

यसै सिलसिलामा श्यामा श्याम धाम राधे राधे भक्तपुरमा नेपाल सरकार मन्त्रिपरिषदका सम्माननीय पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा विशेष आध्यात्मिक कार्यक्रम सम्पन्न भयो । सो अवसरमा जगद्गुरु श्री कृपालुजी महाराजको असीम अनुकम्पाबाट श्री राधा माधव समिति नेपालद्वारा संस्थापित भक्ति मन्दिरमा दर्शन ,पूजन ,अभिषेक ,आरती, श्रीकृष्ण लीला आधारित सांस्कृतिक कार्यक्रम, महाप्रसाद वितरण ,विहान देखि राती १२ बजेसम्म १९ घन्टा लामो अखण्ड संकीर्तन तथा जगदगुरुत्तम श्री कृपालु महाराजद्वारा निर्देशित भक्ति साधनामा दशौ हजार श्रध्दालुहरु र सयौंको संख्यामा राधे राधे परिवारका सत्संगी साधकहरुको सहभागिता थियो ।

यसै अवसरमा श्री राधा माधव समिति नेपाल पोखरा केन्द्रको आयोजनामा पोखरा महानगरका प्रमुख धनराज कोइरालाको प्रमुख आतिथ्यमा नगर संकीर्तन तथा विशेषः आध्यात्मिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सात सयको संख्यामा श्रध्दालु तथा साधकहरुको सहभागिता थियो । सो अवसरमा श्री सिध्द मावि थलेपाटन रामबजारबाट हालको एस.इ.इ मा उत्कृष्ठता हासिल गरेका २ विद्यार्थीको शैक्षिक तथा आध्यात्मिक उन्नयनको शुभकामना सहित सम्मानित गरिएको जानकारी डिवाईसि पोखराका रुद्रमणि ढकालले दिनुभएको छ । यसैगरि राधा माधव समिति नेपाल स्याङ्गजा सत्संग केन्द्रको आयोजनामा श्री राधाकृष्णको रथसहित नगर संकीर्तन कार्यक्रम लगायतका आध्यात्मिक कार्यक्रम सम्पन्न भएको र राधे राधेका सबै कार्यक्रमहरु परम आनन्ददायक रहेको जानकारी स्थानीय श्रध्दालु दूर्गा अर्यालले दिनुभएको छ ।