

काठमाडौँ ।पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिमा–२९ केराबारी नजिकै मौरी पुलमा गएराति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दैनिकजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिरा परेर खोल्सामा पहिरो खस्दा समस्या भएको हो ।
पानी परेपछि खोल्सामा थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि पानी पर्ने वित्तिकै बाटो बन्द हुने गरेको स्थानीयले बताएका छन् ।