सामाखुसी साहित्य समाजको १०९ औं शृङ्खला सम्पन्न

सामाखुसी साहित्य समाजको १०९ औं शृङ्खला सम्पन्न

काठमाडौँ ।सामाखुसी साहित्य समाजद्वारा नियमित सञ्चालन गर्दै आइरहेको कार्यक्रम यसपटक भानुभक्त विशेष गरिएको १०९औं शृङ्खला समाजका अध्यक्ष भाग्यशाली अधिकारीको अध्यक्षतामा लिङ्कन कलेज सामाखुसीमा सम्पन्न भयो।

सो कार्यक्रमको प्रमुख आतिथ्यता भानुभक्तकै सन्तति “व्रतराज आचार्यले” गर्नुभएको थियो भने विशिष्ट अतिथिहरूमा डाक्टर बमबहादुर थापा जिताली, गोविन्द घिमिरे, वेदमणी, जगदीश्वर पोख्रेल हुनुहुन्थ्यो। दिनेश विक्रम थापाद्वारा स्वागत भाषण गरेपछि सुरू भएको कार्यक्रम कृष्णदेव रिमालले सञ्चालन गर्नुभएको थियो भने समीक्षा परशुराम परासरले गर्नुभएको थियो।

उक्त कार्यक्रममा डा मेघराज ढकाल, निर्मलरमण पराजुली, मानन्धर अभागी, हरिप्रसाद घिमिरे, रामचन्द्र न्यौपाने वनवासी, गङ्गाप्रसाद भेटुवाल,घनश्याम प्रसाईँ, बीरबहादुर लोहनी, धरणीधर गुरागाईं, बालकृष्ण सुवेदी, कृष्णकान्त घिमिरे, महेश रिजाल, बेनी बहादुर थापा, देवी प्रसाद मिश्र, मुकुन्द पौडेल, वाशुदेव ठकुरी, बैरागी जेठा, अगन्धर अधिकारी, भीमराज ढकाल, उद्धव पोख्रेल, ध्रुव प्रसाद नेपाल, उज्ज्वल कोइराला, शेरबहादुर छेत्री, कृष्णप्रसाद पौडेल, विनोद ढकाल, कृष्णदेव रिमाल, दिनेश विक्रम थापालगायत छत्तीस जनाले कविता वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि विशिष्ट अतिथि सबैले सामाखुसी साहित्य समाजले गरेका योगदानको बारेमा र भानुभक्त आचार्यका वारेमा चर्चा गर्नुभएको थियो भने समाजका अध्यक्ष भाग्यशाली अधिकारीले घाँसीले घाँस वेचेर नभै सँधै घाँस काटेर हिड्ने घाँसी धनी भएर पछि कुवा खने को कुरा प्रष्ट पार्नुभएको थियो। जय होस सबैको।