प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना : पूर्वानुमान महाशाखा

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना : पूर्वानुमान महाशाखा

काठमाडाै।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने भन्दै महाशाखाले देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखा अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका धेरै स्थानहरूमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुँदा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।