नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ पिसिआर परिक्षणका क्रममा ५१ जना र ६ सय १२ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ४५ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।