

काठमाडौँ, २० जेठ।अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिदै उहाले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व सङ्कलन पनि सन्तोषजनक रहेको बताउनुभयो । आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने उहाको भनाई छ । उहाले अहिले वैदेशिक सहायता उत्साहप्रद्र्धक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने अपेक्षा गर्नुभयो । मन्त्री शर्माले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै उहाले उत्पादनमूलक उद्योग, निर्यात प्रवद्र्धनलगायत विषयलाई बजेटले समेटेको पनि बताउनुभयो । उहाले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।