चुनाव लक्षित बजेट होइन : अर्थमन्त्री शर्मा

चुनाव लक्षित बजेट होइन : अर्थमन्त्री शर्मा

काठमाडौं, १६ जेठ।अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दावी गरेका हुन् ।

उनले भने, ‘बजेटमा चुनावी कुरा छैन, सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले भने, ‘त्यो चुनावी कुरा होइन ।’उनले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।

यस्तै, उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब, उत्पीडनमा परेका, सीमान्तकृत वर्गको सम्बोधन, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास पूर्वाधारको प्राथमिकता जस्ता कार्यक्रमहरु कसरी चुनावी बजेट हुनसक्छ र भन्ने तर्क अर्थमन्त्री शर्माले गरेका छन् ।