कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किन्छ यी कम्युनिष्ट काम छैन :बाबुराम भट्टराइ

कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किन्छ यी कम्युनिष्ट काम छैन :बाबुराम भट्टराइ

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन् ।

आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा लिएकाले गठबन्धनमा हटाउन नसकेको दाबी गरे ।‘

एमाले र माओवादी केन्द्रले सत्तामा पुग्ने दाउपेचका रुपमा मात्र गठबन्धन गरेको थाहा पाएपछि हामी त्यहाँबाट बाहिरियौं’, भट्टराईले भने । सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले नयाँ शक्ति बाम लोकतान्त्रिक पार्टी भएकाले बामपन्थी वा लोकतान्त्रिकमध्ये जो कोहीसँग पनि तालमेल वा सहकार्य गरेर अघि बढ्न सक्ने तर्क गरे ।

भट्टराईले काँग्रेसभन्दा एमाले र माओवादीले बेइमानको राजनीति गरिरहेको आरोप लगाए । उनले काँग्रेसँगको गठबन्धनलाई उदाहरणीयको संज्ञा दिए । गोरखाबाट सुरु भएको नयाँ शक्ति र काँग्रेसबीचको गठबन्धन नयाँ प्रयोग भएको टिप्पणी गरे । उनले गोरखालाई मुलुककै नमुना जिल्ला बनाउने सोच र योजना आफूसँग रहेकाले निर्वाचनमा मत दिएर जिताउन मतदातालाई आग्रह गरे ।