प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

काठमाडौं, २६ कात्तिक।नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा धर्ना दिने जनाएको छ । 

शुक्रबार सर्वोच्चमा धर्ना दिएपछि बारमा आयोजित सभामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि सर्वोच्चमा धर्ना दिने र सोमबार तथा मंगलबार बिरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो । उहाले प्रधानन्याधिशको राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाले सर्वोच्चले प्रहरी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उल्लेख गर्नुभयो । श्रेष्ठले आइतबार नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भ्रष्ट प्रधानन्यायाधीशको बिषयमा राजनीतिक दलहरुले बोल्ने समयमा आएको बताउनुभयो । प्रधानन्यायधिशले कुर्सी नछाडे कार्यकालभरि आन्दोलन जारी राख्ने उहाले चेतावनी दिनुभयो । उहाले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम प्रधानन्याधिशले गरेको टिप्पणी गर्नुभयो । थापाले प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोखिन सुझाव दिनुभयो ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले आफुहरुको आन्दोलन न्यायलयको सुधारका लागि भएको बताउनुभयो । प्रधानन्यायधिशको सम्मानजनक बहिर्गमन नभए पदच्यूतको बाटोमा जानुपर्ने उहाले चेतावनी दिनुभयो ।