आजदेखि थापाथलीबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियतमा खसी-बोका बिक्री सुरु

आजदेखि थापाथलीबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियतमा खसी-बोका बिक्री सुरु

काठमाडौँ, २३ असोज।आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु भएको छ ।थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोकाको बिक्री सुरु भएको हो ।

यसपटक कम्पनीले प्रतिकिलो ६४० रुपैयाँमा खसीबोका बिक्री गर्दै छ । प्रतिकिलो ६५० रुपैयाँ पर्ने जिउँदो खसीबोकाको मूल्यमा १० रुपैयाँ सहुलियत दिँदै ६४० रुपैयाँमा बेचिएको हो । गत वर्षको दशैंमा कम्पनीले प्रतिकिलो ५५० रुपैयाँमा खसीबोकाको बिक्री वितरण गरेको थियो ।