सानिमा लाइफको आईपीओ बाँडफाँड

सानिमा लाइफको आईपीओ बाँडफाँड

काठमाडौं ।सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन् ।

सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको छ भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।