वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं, ६ साउन । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।उनको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।