

-कमला घिमिरे-
म त सानो कोपिला गुलाब फुलको
नजिक नआउ काँढा छ सुवास छर्दिन्छु ।
म त सानो कोपिला पारिजात फुलको
टिप्ने कोशिश नगर रातमा झरिदिन्छु ।
म त सानो कोपिला गुराँस फुलको
टाढाबाट हेर्दा नै आँखै लोभ्याइदिन्छु ।
म त सानो कोपिला कमल फुलको
टिप्ने कोशिश गर्यौ भने हिलै बनाइदिन्छु ।
म त सानो कोपिला चमेली फुलको
बास्ना र रंगले मनै लोभ्याइदिन्छु ।
म त सानो कोपिला रंगिचंगी फुलको
चुड्ने, च्यात्ने गर्यौ भने रिसाइदिन्छु ।
मलाई माँया गर्यौ भने तिम्रो घरै सजाइदिन्छु ।
……………………….तिम्रो मनै सजाइदिन्छु ।
लमजुङ
हाल : काठमाडौं, टोखा न.पा.