घरकी सानी छोरी (बाल कविता)

घरकी सानी छोरी (बाल कविता)

– सरस्वती श्रेष्ठ सरू-

आँखी लाएँ गाजलु
चट्ट कपाल कोरी
बाआमाकी प्यारी म
घरकी सानी छोरी

काली उस्ती छैन रे
भन्छन् गहुँगोरी
दादाभन्दा राम्री म
घरकी सानी छोरी

नुनु गर्दा सुनेकी
हजुरमाको लोरी
नजाने नि गाउँछु म
घरकी सानी छोरी

आमासँग मिलेर
हाँस्दै कुम जोरी
काम सघाउँछु म
घरकी सानी छोरी

माया गर्छन् सबैले
अचेल स्कुलभोरी
पढी ज्ञानी बन्छु म
घरकी सानी छोरी

सिकेकी छु कहिल्यै
खान हुन्न चोरी
बोल्ने छैन ढाँटी म
घरकी सानी छोरी

आमाजस्तै बन्ने हो
लगाई फुर्के डोरी
नक्कली छु साह्रै म
घरकी सानी छोरी ।

– पोखरा