अपडेटः थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि, १३९ को मृत्यु

अपडेटः थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि, १३९ को मृत्यु

काठमाडौं, २७ वैशाख । नेपालमा सोमबार थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ६ सय २३ पिसिआर परिक्षण र ७८८ एन्टीजेन परिक्षणका क्रममा थप ९ हजार दुई सय ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १३९ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ८ सय ५९ पुगेको छ । त्यस्तै थप चार हजार ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ६ हजार सात सय ९४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ९३ हजार १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा र ४२७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० वटा पिसिआर परिक्षण गरिएको छ ।