डिभाईन युथ क्लवद्वारा कृपालु उद्यानमा पुष्पारोपण

  • 2
    Shares
डिभाईन युथ क्लवद्वारा कृपालु उद्यानमा पुष्पारोपण

काठमाडौं, ८ वैशाख । श्री राधा माधव समिति नेपाल सम्वद्ध डिभाईन युथ क्लव नेपालद्वारा काठमाडौ वनकाली स्थित कृपालु उद्यानको सरसफाई गरिनुका साथै पुष्पारोपण गरिएको छ ।

वि.सं.२०७१ असारमा पशुपति क्षेत्र विकास कोषसंग विधिवत सम्झौता पश्चात निर्माण आरम्भ भई हाल अन्तिम चरणमा रहेको उक्त उद्यान जगद्गुरु श्री कृपालुजी महाराज र आम नेपालीबीच प्रेमको प्रतीकको रुपमा रहेको छ । श्री राधा माधव समिति नेपाल सम्वध्द विद्वत समाज नेपालको पहलमा वनकालीमा फोहर फालिने स्थानमा स्थापना गरिएको उक्त उद्यानले पशुपति क्षेत्रको वातावरणीय सुन्दरता अभिवृध्दिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीद्वारा संस्थापित डिभाईन युथ क्लव नेपालले हरि गुरु प्रित्यर्थ विभिन्न विपत्तिहरुमा उध्दार तथा सहयोग , वातावरण संरक्षण तथा प्रवध्र्दन ,मठ मन्दिर लगायतका सार्वजनिक स्थानको सरसफाई , आपत विपतमा परेका सहयोगापेक्षीलाई सहयोग लगायतका सेवाहरु संचालन गर्दै आएको छ ।