आज सोमवार, शिवजीको उपासना गर्ने दिन हेर्नुहोस् आजको दिन २०७८ वैशाख ६ गते

  • 185
    Shares
आज सोमवार, शिवजीको उपासना गर्ने दिन हेर्नुहोस् आजको दिन २०७८ वैशाख ६ गते

उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको १९ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको सप्तमी तिथि बेलुका ७।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र राति २।३३ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।३८ मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ फलदायी रहनेछ । यसैगरी आज सृजनात्मक कार्यमा पनि फलिभूत रहनेछन् ।