३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन

३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन

काठमाडौं, १४ फागुन । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाललाई ल्याइएको छ । उहाँ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुनुहुन्थ्यो । यसैगरी छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ । यस्तै रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।