कोरोना अपडेट : शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि

कोरोना अपडेट : शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि

काठमाडौं, ७ फागुन । नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ११४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६९ हजार ६१९ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा १५ सय ८३ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ वटा पिसिआर परिक्षण गरिएको छ ।