मौसममा आंशिकदेखि सामान्य बदली रहने : पूर्वानुमान महाशाखा

मौसममा आंशिकदेखि सामान्य बदली रहने : पूर्वानुमान महाशाखा

काठमाडौं,४ माघ ।देशका केही भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद अनुसार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । यसबाहेक देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।