महानगरीय ट्राफिकद्धारा नियम मिच्नेलाई समात्न विशेष भ्यान परिचालन

  • 2
    Shares
महानगरीय ट्राफिकद्धारा नियम मिच्नेलाई समात्न विशेष भ्यान परिचालन

काठमाडौं, २६ पुस ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष क्यामरा जडित ‘ट्राफिक सर्भिलेन्स भेइकल’ अर्थात् निगरानी गर्ने भ्यान परिचालन गरेको छ ।

ट्राफिक नियम उलंघन गर्ने सवारीसाधानलाई जुनसुकै बेला र जहा पनि ट्राफिक सर्भिलेन्स भेहिकलमार्फत निगरानी गरिने महाशाखाले जनाएकाो छ ।उक्त भ्यानको अग्रभागमा ४ वटाा सिसिटीभि क्यामेरा जोडिएको छ उक्त क्यामेराले २०० मिटर अगाडीसम्मको दृश्यलाई कैद गर्न सक्ने महासशाखाले जनाएको छ । भ्यानभित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन समेत रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै महाशाखाले घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । एसएसपी भट्टराईले कामकारवाही गर्ने सिलसिलामा हुन सक्ने गलत कामलाई अन्त्य गर्नका लागि आवश्यक कदल चालिने बताउनुभयो ।

उहाले ट्राफिक प्रहरीलाई प्रलोभन देखाउनलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो ।