प्रधानमन्त्री ओली आज धनगढी जाँदै, ५० हजार नागरिक उतार्ने तयारी

  • 401
    Shares
प्रधानमन्त्री ओली आज धनगढी जाँदै, ५० हजार नागरिक उतार्ने तयारी

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय भेलालाई सम्वोधनका लागि आज धनगढी जाँदै हुनुहुन्छ । उहाँको सचिवालयकाअनुसार पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको हो ।

प्रतिनिधिसभा विघटनपछि नेकपाका अध्यक्ष ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा जान लाग्नुभएको हो । धनगढीमा हुने सभामा ५० हजार नागरिक उतार्ने तयारी नेकपा सुदूरपश्चिम (ओली समूह) को छ । सभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सभाको तयारीका लागि धनगढी पुग्नुभएको हो । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।