राज भण्डारी, गुल्मी । जलश्रोतको धनी नै हो हाम्रो देश तर पिउने पानी जहिले पनि अभाव नै हुन्छ । यस्तै भएको छ छत्रकोट गाउपालिका वार्ड नं १ हुगामा पनि । फागुणदेखि नै पानीको लाइनमा बस्न बाध्य छन् हुँगेली महिलाहरु । देउराली माथी भाम्पोखरा लगायत अन्य ठाउँमा पानी लिन लाइनमा बस्नु पर्ने बाध्यता छ । हुँगामा पानीको समस्या आजको नभएर धेरै पहिलेबाट हो एक स्तानिय युवा भन्छन् – ‘पानीको समस्या आजको हैन धेरै पहिलेको हो ।’ ‘हामी घरको काम छाडेर नै पानीको लाइनमा बस्न बाध्य हुन्छौ’ – स्थानीय युवा सुदिप भण्डारीको भनाइ छ ।
यसो त त्यही पानी कै लागि एक जनाको ज्यानसम्म गएको थियो । केही महिना पहिला पानी बनाएर फर्किने क्रममा एक स्थानीयको लडेर मृत्यु भएको थियाे ।
यो भन्दा पहिले नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले धेरै पहल गरिसक्नु भएको छ । बेलैमा पानीको समस्या प्रति सबैको ध्यान जान जरुरी छ । स्थानिय निकाय राष्ट्रिय तथा समाजसेवीको ध्यान जानु जरुरी छ ।