जिन्दगीलाई चियाउदा

जिन्दगीलाई चियाउदा

हरिलाल कोईराला
॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰

जिन्दगीको पिल्स्याइ
अनि भोगाइ लाई
आफ्नो ऑखीझ्यालबाट
चियाउदा
जिन्दगी लाई यसरी
परिभाषित
गर्न मन लाग्छ

जिन्दगी कुनै उपहास होइन‌
जिन्दगी कुनै हांसो ठट्टा हैन ‌
जिन्दगी कुनै‌ गम्भीर काब्य पनि हैन
जिन्दगी कुनै रमाईलो जात्रा हैन
जिन्दगी गन्तब्य बिनाको यात्रा हैन
जिन्दगी बसन्त को पूर्णिमा हैन
जिन्दगी अल्लारे गोठालेको गीत हैन
जिन्दगी शिशिरको सीत हैन
जिन्दगी देशभक्त सेनाको जीत हैन
जिन्दगी विजय पनि हैन पराजय पनि हैन

सबै हैन भनिरहॅदा
हो के! त ?
जिन्दगी एक अज्ञात कोसेली हो
जिन्दगी एक अनसूल्झे पहेली हो
जिन्दगी आविष्कारको देन हो
जिन्दगी अधूरो कहानी हो
जिन्दगी प्रश्नै प्रश्नको भकारी हो
जिन्दगी बिगतको सम्झना हो
जिन्दगी बर्तमानको सिर्जना हो
जिन्दगी भबिष्यको सपना हो

छोटो निष्कर्षमा भन्नुपर्दा
मेरो दृष्टिमा
जिन्दगी बिगतको अनुभव हो
जिन्दगी बर्तमानको अन्वेषक हो
जिन्दगी भबिष्यको कल्पना हो
समग्रमा जिन्दगी भूत भविष्य वर्तमानको
त्रिवेणी संगम हो।

(दक्षिणी शान औं बान्)
म्यान्मा