काठमाडौं, १ असोज । हाईस्पीड.नेपाल.कम .अनलाईन पोर्टलमा पत्रकार लक्ष्मण चौलागाईको सकेको मध्दत गरिदिनुहोस मृत्यु शैयामा छिन वर्षा शीर्षकको रिपोर्टमा मुसिकोट नगरपालिका गुल्मीकी वर्षा गौतम फोक्सोको रोगले धौलागिरी टोल नवलपरासीको डेरामा थला परेको खवर प्रकाशित भयो ।
वर्षा गौतमको १ छोरा र र छोरी क्रमश ७ वर्ष र १५ महिनाको रहेको र चरम गरिवी अवस्थामा रही सांझ विहानको छाक टार्न हम्मे परेको उनको परिवारलाई उपचार खर्च जुटाउन अत्यन्त कठिन रहेको आशयको कारुणिक समाचार अवगत भएपछि जगदगुरुश्री कृपालुजी महाराजद्वारा निर्देशित दीन दुखी सेवा र श्री राधाकृष्ण भक्तिसाधनामा पूर्ण समर्पण भावले विगत लामो समययता जुट्नुभएकी श्री राधा माधव समिति नेपालकी अध्यक्षा संगीता दिदीलाई यी महिलासंग कसरी सम्पर्क गर्ने र सहयोग गर्ने भन्ने हुटहुटी भयो र उहांकै निर्देशनमा भरतपुर सत्संग केन्द्रमार्फत विरामी महिलासंग सम्पर्क स्थापित गरि थप जानकारी हासिल गरेपछि सहयोगको पहल शुरु भयो ।
यस क्रममा गत भदौ २६ गते श्री राधामाधव समिति नेपाल अन्तर्गत भरतपुर चितवन सत्संग केन्द्र तथा डिभाइन युथ क्लब नेपाल, भरतपुर, चितवनद्वारा फोक्सोको बिरामी वर्षा गौतमलाई उपचार खर्च स्वरुप नगद रु. २०,००० स्थानीय जनप्रतिनिधिको रोहवरमा हस्तान्तर गरियो ।
हरिगुरुको असीम अनुकम्पा, जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको प्रेरणा तथा श्री राधा माधव समिति नेपालका अध्यक्षा आदरणीय संगीतादिदीको मार्गनिर्देशनमा समिति तथा भातृ संगठनहरुले दैहिक, दैविक तापबाट पीडितहरुको यथासक्य सेवा गर्दैआएका छन् ।
स्मरण रहोस् यसअघि गत महिना माटोको ढिस्कोबाट पुरिएर कम्मर खुस्केपछि विगत ३ वर्षदेखि उद्धारको आशामा छटपटाईरहेकी महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १२ नैनहीकी मञ्जु ठाकुरलाई उनकै निवासमा पुगेर श्री राधामाधव समिति नेपाल अन्तर्गत वेङ्गाडावर, धनुषा सत्संग केन्द्रद्वारा हरिगुरु प्रीत्यर्थ हृवीलचेयर , खाद्यान्न, सेनिटाइजर लगायतका आवश्यक सामग्री प्रदान गरिएको थियो ।