आज विश्वकर्मा पूजा अर्थात् वास्तु दिवस: विश्वकर्मा बाबाको पूजा गरि मनाईदै

आज विश्वकर्मा पूजा अर्थात् वास्तु दिवस: विश्वकर्मा बाबाको पूजा गरि मनाईदै

काठमाडौँ, १ असोज । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस देशभर विभिन्न कार्यक्रम गरि  मनाउँदैछन्  । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने प्रचलन रहेकाे छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 

विश्वकर्माको पूजा प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले गर्ने गर्दैछन् । यो दिन विश्वकर्मासँगै अाफू चढ्ने सवारी साधन, काम गर्ने प्रविधि तथा यन्त्रहरू पूजा गर्ने चलन छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।  विश्वकर्मा बाबालाई विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

यसैबीच शील्पका देउता भगवान विश्वकर्माको जनकपुरमा भव्यताका साथ पूजा गरी मनाउने चलन छ । जनकपुरमा उद्योग, कलकारखाना, सुनचाँदी व्यवसायी र शिल्पकारहरुले विश्वकर्मा भगवानको माटोको प्रतिमानै स्थापना गरि पुजा गर्ने गर्दछन् । विशेषगरी यहाँको सोनारपट्टीमा विश्वकर्मा पुजा भव्य हुने गर्दछ । प्रतिवर्ष सुनचाँदी व्यवसायी संघको अगुवाईमै विश्वकर्मा पुजाको आयोजना गर्ने गरिन्छ ।

भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ । यस पुजाको लागि जनकपुरका मुर्तिकारहरुले माटोको प्रतिमा बनाएर बिहानै पुजागर्नेले मुर्ति लग्ने गर्दछन् ।