कोरोनाकालको कर खारेजीको माग गर्दै व्यापारीहरु बिरोध प्रदर्शनमा

कोरोनाकालको कर खारेजीको माग गर्दै व्यापारीहरु बिरोध प्रदर्शनमा

काठमाडौं, ३० भदौ । कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै यस अवधिको कर खारेज गर्नुपर्ने लगायतका माग राखी व्यापारीहरुले कोटेश्वरमा बिरोध प्रदर्शन गरेका छन् ।

फाेटाे: राष्ट्रवाणी डट कम

व्यवसायमा लगानी गरेको ऋणको व्याज बढ्दै जाँदा सरकारले भने कुनै सहुलियत नै गरेको भन्दै कोटेश्वरका व्यापारीहरुले शान्तिपूर्ण विरोध गरेका हुन् ।

फाेटाे: राष्ट्रवाणी डट कम

उनीहरुले लडाउनको अवधीको भाडा मिनाहा गर्नुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिको कर खारेज गर्नुपर्ने , बैंकको व्याज मिनाहा गर्नुपर्ने माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

फाेटाे: राष्ट्रवाणी डट कम

उनीहरुले बैज्ञानिक घरभाडा लागू गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

फाेटाे: राष्ट्रवाणी डट कम

अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण बनाउन र यस अवधिमा देखिएका समस्या समाधानका निम्ती ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गरिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य नील प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

फाेटाे: राष्ट्रवाणी डट कम
फाेटाे: राष्ट्रवाणी डट कम

उनीहरुले हरेक दिन कार्यालय समयमा शान्तिपूर्ण प्रर्दशन गर्ने र आफुहरुको मागका बारेमा कुनै सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

फाेटाे: राष्ट्रवाणी डट कम
फाेटाे: राष्ट्रवाणी डट कम