‘दशैंसम्म निषेधाज्ञा लगाउनुपर्छ’ – काठमाडौं उपत्यकाका सिडिओको सुझाव

‘दशैंसम्म निषेधाज्ञा लगाउनुपर्छ’ – काठमाडौं उपत्यकाका सिडिओको सुझाव

काठमाडौं, २२ भदाै । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैँसम्म निषेधाज्ञालाई निरन्तरता दिएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको हिजाेको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको छलफलमा उनीहरूले नागरिकको दैनिकीलाई अलिक सहज बनाउँदै हालको निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका हुन् । आउँदै गरेका चाडपर्वलाई समेत मध्यनजर गरेर निषेधाज्ञा लम्ब्याउनुपर्ने उनीहरूको मत छ । उपत्यकामा पछिल्लो पटक २४ भदौसम्मका लागि निषेधाज्ञा गरिएको छ ।