सार्क मुलुकमा कोरोना संक्रमण : भारतमा ४० लाख बढी संक्रमित, भुटानमा २२८

सार्क मुलुकमा कोरोना संक्रमण : भारतमा ४० लाख बढी संक्रमित, भुटानमा २२८

काठमाडौं, २१ भदाै । दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा छन् । भारतमा संक्रमितको संख्या ४० लाख २३ हजार १ सय ७९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६९ हजार ५ सय ६१ पुगेको छ। भारतमा हालसम्म ३१ लाख ७ हजार २ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार २५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ४० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८२ हजार ५ सय ५३ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार ५ सय ६५ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख १७ हजार ८ सय ५२ छ । नेपालमा पनि ४५ हजार २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन् भने २ सय ८० जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ३ सय २४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९ जनाको मृत्यु भइसकेको छ भने ३० हजार ८२ जना उपचारपछि निको भएका छन्। माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ४ सय ८६ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ८ सय २२ पुगेको छ । श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय २१ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय १८ रहेको छ। भुटानमा संक्रमितको संख्या २२८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५० छ।