काठमाडौं, ११ भदौ । श्री राधाकृष्ण वस्तुत एकै हुन् । श्रीकृष्ण शरीर हुनुहुन्छ भने श्रीराधाजी भगवान कृष्णकी आत्मा हुनुहन्छ । भगवान श्रीकृष्णकी ह्लादिनी शक्ति यानी आत्मास्वरुप श्री राधारानीको प्राकट्य दिवस श्री राधाष्टमी पर्व यस वर्ष कोभिड १९ को कारण औपचारिक रुपमा मनाउन नपाए श्री कृष्णधाममा बस्ने साधकहरुले श्री राधारानीको गुणगान रुपध्यान लगायतका साधना सहित अनौपचारिक रुपमा मनाएको खवर प्राप्त भएको छ ।
यसक्रममा श्री राधा माधव समिति नेपाल र यस अन्तर्गतका साधना केन्द्रहरुमा स्वामी श्री हरिदासजीको प्रवचन ,श्री राधारानीको गुणगान तथा रुपध्यान गरि मनाईयो । यसैगरि अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ अस्टिन टेक्ससमा राधाष्टमी पर्व श्रीराधारानीको स्तुतीगान गर्दै मनाईएको खवर आचार्यबर प्रभुपादका अनुयायी स्थानीय ईस्कोनका अमेरिकी नागरिक संकर्षण दास अधिकारीले इमेल मार्फत दिनुभएको छ ।