काठमाडौँ उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन, जनजीवन पूर्ण रुपमा प्रभावित {भिडियाे}

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन, जनजीवन पूर्ण रुपमा प्रभावित {भिडियाे}

काठमाडौं, ६ भदौ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लागु भएपछि जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् ।

सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । त्यस्तै निषेधाज्ञाको तेश्रो दिन शनिबार सरकारी तथा अन्य कार्यालय बन्द भएका कारण पनि उपत्यका सुनसान देखिएको छ ।

बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातिदेखि काठमाडौ उपत्यकामा निषेधाज्ञा लागु गरिएको हो ।

भिडियाे हेर्नुहाेस्