–रामचन्द्र दुलाल–
सिन्धुपाल्चोक, २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बाढी पहिरोले क्षतिग्रस्त बाह्रविसे तातोपानी सडक खण्डको २६ किलोमिटर क्षेत्रमा बेलिब्रिज निर्माणको माग गरेका छन् । एक हप्ता अघि आएको बाढीले खाग्दल खोला र बुलबोटे खोलाको पुल र बाटो पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो ।
पुल बाटो क्षतिग्रस्थ बनेपछि बाढी पहिरो पीडितलाई राहत तथा उद्दारका साथै स्वास्थ्य सामाग्री बितरण गर्न असहज भएकाले बेलिब्रिज बाटो निर्माण गर्न सरकारसंग माग गरेको पूर्वमन्त्री बस्नेतले राष्ट्रवाणी डटकमलाई बताए । आवतजावतका साथै नजिकिएको दशै, तिहार पर्वलाई मध्यनजर गरेर तातोपानी नाकाबाट आउने सामाग्री ल्याउन समेत बेली ब्रिज निर्माणले सहयोग पुग्ने बस्नेतले उल्लेख गरे । यस भेगका जनतालाई सहज हुने र दशै तिहार मुखमा तातोपानी नाकाबाट खाद्यान्य लत्ताकपडा ल्याउन सजिलो हुने हुदाँ यो नाकाबाट करोडौको राजश्व उठ्ने गरेको नेता बस्नेतले बताएका छन् ।
कोरोना,बाढी पहिरो आएलगत्तैदेखि राहत र उद्दारमा खटिएका पूर्वमन्त्री बस्नेतले बाढी पहिरो पीडितले सुरक्षित ठाउँमा जग्गा खोजेर घर निर्माणमा सहयोग गर्ने समेत बताएका छन् ।