घटना दुई सोच एक

  • 181
    Shares
घटना दुई सोच एक

शेरबहादुर भण्डारी

मेरो एक सपना छ , “मेरा ४ बच्चा यस देशमा रहेछन, तिनको आंकलन रंगको आधारमा होइन एक दिन चरित्रको आधारमा हुने छ । ” – Martin Luther king Jr.

प्राणी जगतमा मानिस सबै भन्दा सर्वश्रेष्ठ प्राणी हो । त्यस्को कारण हो उस्मा ठिक बेठिक के हो भनेर सोच्ने क्षमता हुन्छ । मानिसमा यो गुण हुँदा हुदै पनि मानिस क्रुर, अमानविय, दानविय र विवेकहिन किन हुन्छ ?

त्यो प्राणीले नै जब विवेक गुमाउँछ, तब सबै प्राणीहरु एकै हुन की भन्दा पनि हुन्छ । जाति, वणर्, वंशका आधारमा हुने विभेदका कारण एक मानिस अर्को मानिसबाट प्रताडित छन् । मानव जाति माथिको विभेदलाई निर्मूल गर्ने उद्देश्यले प्राय सबै देशले आ —आफ्नो कानुन निर्माण गरेका छन् । संयूक्त राष्ट्र संघ र यस्का सदस्य राष्ट्रहरुले रंगभेद उन्मूलनको अन्तराष्ट्रिय दिवश प्रत्येक वर्ष २१ मार्चमा मनाउँछ । नेपालमा यसलाई जातीय विभेदको विषयसँग जोडेर हेरिन्छ ।

तिन वर्ष अधिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ २०७७/२/१३ गते जाजरकोटको भेरी न.पा. ४ रानागाउँका २१ वर्षिय नबराज बि.कक पश्चिम रुकुमको चौरजारी —८ सोतीकी १७ वर्षीय मल्ल थरकी यूवती लिन १९ जना साथी सहित त्यहाँ पुग्दछन् । सुष्मा मल्लकि आमा लगायत त्यस वडाका वडा अध्यक्षकै नेतृत्वमा गाउँलेहरुले जात नमिलेकै भन्ने आधारमा कुटपिट गरी दुलाहा सहित ६ जनाको निर्भम हत्या भयो । २२ जना माथि किटानी सहित मुद्दा दायर भएको छ । मानव अधिकार कर्मी, पत्रकार, विभिन्न राजनितिक दलका नेताहरुबाट र जनस्तरबाट यस्को व्यापक विरोध भयो, माइतीघर मण्डला देखि सदन सम्म पनि 2020 may 25 मा यस्तै घटना सँङ्ग मेल खाने घटना समृद्ध राष्ट्र अमेरिकाको मोनिया पोलीस शहरमा घट्दछ । एक जना George Floyd 46 वर्षिया अश्वेत नागरिक $ 20 को नक्कली नोट बाट समान किनेको आरोपमा police ले हतकडी लगाउँछन् । उनले गाडीमा बस्न नमानेको आधारमा उनलाई सडकमा लडाएर घुँडाले लगभग ९ मिनेट सम्म घाँटी थिचेर उनको हत्या हुन्छ । उनी अश्वेत जाती भएको कारणले नै प्रहरीले उनी माथि यस्तो व्यवहार गरेको आरोपमा ३ जना प्रहरी माथि लागेको छ ।

जस्को कारण कोरनाबाट थलथल भएको अमेरिकामा यस्ले हिंसात्मकरुप लियो। लाखौ नागरिकले सडक कब्जा गरे । धेरै ठाउँमा लुटपाटका घटना सम्म भए । Black Lives matter भन्ने नारा सहित लाखौ प्रदर्शनकारी देशका विभिन्न शहरमा निस्किए । यति सम्मकी राष्ट्रपति डोनाल्ड ट्रमले सुरक्षा सहित बंङ्खरमा लुक्नु प¥यो । त्यस देशमा आज पनि एक फेरा फेरी अश्वेतहरुले आफूमाथि रंगभेद कायमै रहेको महशुस गरे ।

नेपाली समाजमा छुवाछुत कहिले देखि थियो भन्ने सवालमा मत मतान्तर छ । जसबारे प्रभावकारी अनुुसन्धान भएको देखिदैन । राजा जनक र गौतम बुद्ध कालीन समयमा पनि जातीय विभेद रहेको प्रष्ट हुन्छ । जनकले ब्राहमण सभा बोलाएको र बुद्धले चण्डाल यूवतीको हातबाट पानी खाए बापत उनको आलोचना भएको रामायण र बौद्ध जातका कथामा पढ्न पाइन्छ ।

हिन्दु वर्णाश्रम व्यवस्था भने लिच्छवि कालमा, सँस्थापक राजा सुपुस्पले चलाएको मानिन्छ । बैद्धिक कालमा समय परिवर्तन संङ्गै कामको विभाजन गरेका पाइन्छ ।
– शिक्षा दिने :— ब्राहमण
– समाजको रक्षा गर्ने :— क्षेत्री
– खेती किसानी गर्ने :— बैश्य
– सबैको सेवा गर्ने :– सुुद्र

यसैले एकै परिवारका मानिसहरु पनि विभिन्न वर्गमा हुन्थ्ये । पछि हुदै जाँदा वि.स.१९१० मा मूलुकी ऐनाले बाद्धाकारी व्यवस्था गर्यो र कानुनको रुपमा आयो । १६ औ, १७ औ शताब्दीमा विश्वका विभिन्न ठाउँबाट खास गरि दक्षिण अफ्रिकाबाट अश्वेत (black) जातिलाई अमेरिकामा दास दासिको रुपमा प्रयोग गरियो । प्रायः त्यस बेला कृषिकार्यमा तिनीहरुको प्रयोग गरिन्थ्यो । यति सम्म गरिन्थ्यो कि दक्षिण अफ्रिकाबाट पानी जहाजमा ल्याउँदा बाटोमा कोही बिमारी भएमा उनिहरुलाई समुन्द्रमा फालिन्थो र यूवाहरुलाई र काम गर्न सक्ने व्यक्ति मात्र अमेरिकामा पुग्दथे । तिनीहरुको अवस्था दयनिय थियो । सन् १९७० को दशकमा अहिलेका राष्ट्रपति हाउजिङ्ग कम्पनि चलाउँथे जसले काला छाला भएका मानिसलाई आफ्नो कम्पनिका भवनमा भाडामा बस्न दिएन्न भन्ने आरोप छ । सन् १९७० को दशक सम्म पनि दक्षिण अफ्रीकामा सेताहरुको सर्वोच्चता कायमै थियो । यस्तो पनि कानुन थियो कि सेता छाला भएका व्यक्तिले अपराध गर्यो भन्ने काला जाती का प्रहरिले समात्न मिल्दैनथ्यो ।

विभेदपूर्ण विगत भोगेको दलित समुदायले भारत स्वतन्त्रतापूर्ब र नेपालमा राणाशासनको अन्त्यपूर्ब नै संगठित रुपमा जातीय विभेद विरुद्ध संघर्ष गरेको भेटिन्छ । इतिहासको विभिन्न कालखण्डमा दलित आन्दोलनमा गैरदलित समुदायका प्रगतिशील व्यक्तिहरुको महत्वपूर्ण भूमिक रहँदै आएको सर्व विदितै छ । वि.स. २००६ सालमा नै पुष्पलालले “कम्यूनिष्ट पार्टीको घोषणा पत्रमा जातपात, नश्ल, जातिका आधारमा गरिने भेदभाव कानुनद्धारा खत्तम पारिनेछ र यसको उल्लघनगर्नेलाई कानुनद्धारा दण्डनिय पारिनेछ भनि उल्लेख भएको छ ।” जनयुद्धकालमा प्रचण्डको योगदान पनि केहि हद सम्म देखिन्छ । दलित र उत्पीडित समुदायको मूक्ति चाहने प्रजातान्त्रिक आन्दोलनका शिर्षस्थ नेता बिश्वेश्वरप्रसाद कोइराला पनि हुनु हुन्थ्यो । दलितलाई सम्मान गर्दै वी.पी. कोइरालाले वि.स.२००९ सालमा धनमान सिँ परियारलाई नेपाली काँग्रेसको पार्टीको महामन्त्री पदमा नियक्त गरी दलीत प्रती सम्मान गरेका थिए । समाजबादी नेता प्रदिप गिरीले पनि विभिन्न लेख रचना मार्फत दलित मुद्दा उठान गरेको पाइन्छ ।

बेलायतले ई.स. १८०७ मा दासदासी खरिद बिक्री बन्द ग¥यो, भने ई.स. १८६० मा अमेरिकामा १६ औ राष्ट्रपति अब्राह्म लिङ्खनले कानुन रुपमा दाशप्रथाको अन्त गरेको थियो । कानुनी रुपमा रंगभेदको अन्त्य भएपनि व्यवहारमा यस्को गहिरो प्रभाव भने २० औं शताब्धी सम्म रहेको पाइन्छ । यति सम्मकी बसहरुमा र विद्यालयहरुमा काला र गोरा जातीको लागि बस्ने सिटहरु अलग अलग हुन्थ्ये । यस्तो प्रथाको अन्त्य गर्नको लागि विभिन्न व्यक्तिको योगदान रह्रयो त्यसमा महत्वपूर्ण व्यक्ति थिए ।

महात्मा गान्धीबाट प्रेरक मार्टिन लुथर किङ्ग (Martin Luther king Jr.) उनले नेतृत्व गरेको आन्दोलनको कारण इ.स.१९६३ मा स्कुल र बसमा अलग अलग सीट राख्ने व्यवस्थाको खारेज भयो । तर पनि पटक पटक यस्ता घटना हुने गर्दछन र घटनासंग रंगभेदको कुरा जोडिन्छ । स्वतन्त्र र सम्मान पूर्वक बाँच्न पाउन उसको अधिकार हो । एउटा देश र धर्मले त्यहाँका व्यक्तिहरु बिच भाइको भाइ नाता सृजना गर्दछ । समानता र सह अस्तित्वको व्यवहार नै सभ्य मानिसको प्रतिक हो ।

बि.सं. २००७ सालको क्रान्ति, २०४६ सालको क्रान्ति, २०२० सालमा छुवाछुतको अन्त्य गर्ने घोषणा गर्यो । २०४७ सालमा पनि सार्वजनिक स्थलमा छुवाछुतको अन्त्य गर्ने व्यवस्था ग¥यो । २०६२/६३ को क्रान्तिले उठाएका विभिन्न मुद्दा मध्ये महत्वपूर्ण मुद्दा छुवाछुतको अन्त्य थियो । पटक पटक भएका आन्दोलनले नेपाली समाजमा सबै प्रकारका विभेद अन्त्य गर्ने घोषणा त हुन्छ नै, तर जातिय छुवाछुतका घटना भने पटक पटक घट्ने गर्दछन् ।

नेपालको संविधान २०७२ को धारा २४ मा मौलिक हकमा छुवाछुत र जातिय भेदभावको विरुद्ध व्यवस्था गरेको छ र दलित समुदायका विभिन्न हक अधिकार को ब्यबस्था गरेकोछ । संविधानमा जन्मले सबै मानिस समान हुन्छ ।

आजको नेपाली समाजमा पनि एक नेपालीले अर्को नेपालीलाई सम्मान पूर्वक व्यवहार गरे मात्रै राष्ट्रिय एकता कायम हुनेछ र देश समृद्धि बाटोमा अगाडी बढ्नेछ । सीप, कला, संगित र साहित्यको धनी यो समुदाय आफ्नै भूमिमा अपहलित भएर बाँच्नु पर्ने स्थिति छ । सिङ्गो जात व्यवस्थाले नेपाली समाजको प्रगतिलाई पारेको असरको विषय राजनितिकको केन्द्रिय बहसको विषय कहिले बन्ला ? कुनै सुइको सम्म छैन ।

संघिय लोकतान्त्रिक नेपालका सचेत नेपालीले जातिय विभेदको अन्त्य गर्नुपर्दछ । यस्को लागि कानुन समाज परिवर्तन गर्ने माध्यम हो । त्यसैले संविधानमा उल्लेखित कानुनको पालना सबैले गर्नै पर्दछ र त्यस भन्दा अर्को महत्वपूर्ण पक्ष भनेको त्यो वर्गलाई आर्थिक रुपले सम्पन्न बनाउनु, आर्थिक क्रियाकलाप संग जोड्नु पर्दछ । साथै कथित आफुलाई उपल्लो जात ठान्नेहरुको मानसिकतामा परिवर्तन हुन जरुरी देखिन्छ ।

जय नेपाल ।

sbbhandari7@gmail.com