श्री राधा माधव समिति नेपालद्वारा खाद्य तथा शैक्षिक सामाग्री वितरण

श्री राधा माधव समिति नेपालद्वारा खाद्य तथा शैक्षिक सामाग्री वितरण

–मुकुन्द अर्याल–

काठमाडौं, ४ असार । श्री राधा माधव समिति नेपाल सत्संग शाखा पर्वत कुश्माद्वारा प्रथम वार्षिकोत्सवको उपलक्षमा स्थानीय मजदुर परिवार र गायत्री संस्कृत पाठशालालाई खाद्य सामाग्री प्रदान गरियो ।

यसैगरी श्री राधा माधव समिति नेपाल सत्संग केन्द्र वुटवल , स्थानीय डिभाईन युथ क्लव नेपाल , विद्वत समाज नेपालद्वारा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुरमा स्थित लुम्बिनी अपांग दृष्टिविहिन अनाथ आश्रममा आश्रय लिइरहनुभएकाजनहरुको लागि आवश्यक कोभिड १९ प्रतिरक्षा सामाग्रि तथा शैक्षिक सामाग्रि र अर्को संस्था वेष्ट नेपाल डेभलपमेन्ट ट्रष्टद्वारा खाद्य सामाग्रि प्रदान गरियो । यस निम्ति आयोजित कार्यक्रममा सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष ओमी पुनले सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

स्मरण रहोस् जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्रीहरिदासजीको प्रेरणा तथा श्री राधा माधव समिति नेपालका अध्यक्ष संगीता दिदीको मार्गनिर्देशनमा संचालित विशुद्ध गैह्र नाफामूलक आध्यात्मिक संस्था श्री राधा माधव समिति नेपाल ,यस अन्तर्गतका सत्संग केन्द्र तथा भातृ संगठनहरु श्री कृपालु महाप्रभुको भक्ति साधना र मानव सेवालाई एकसाथ अघि बढाउने मार्गनिर्देशनलाइृ आत्मसात गर्दै विविध मानवीय सेवाका क्षेत्रमा क्रियाशील रहंदै आएका छन् ।