श्री राधा माधव समिति नेपालद्वारा क्वारेन्टाईन सेवा

श्री राधा माधव समिति नेपालद्वारा क्वारेन्टाईन सेवा

मुकुन्द अर्याल

श्री राधा माधव समिति नेपाल सत्संग केन्द्र वालिङ,स्याङजाद्वारा वालिङ नगरपालिकाको विभिन्न विद्यालयमा क्वारेन्टाईनमा रहनुभएका महानुभावहरुको सेवा खातिर दुना ,टपरी तथा ताजा तरकारी प्रदान गरियो ।

स्थानीय साधकहरुद्वारा हरिगुरुको स्मरण गर्दै गांसिएका दुना ,टपरी र उत्पादित ताजा तरकारी क्वारेन्टाईनमा आश्रित जनको सुस्वास्थ्यको कामना सहित वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडलाई हस्तान्तर गरियो ।

स्मरण रहोस् जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्रीहरिदासजीको प्रेरणा तथा श्री राधा माधव समिति नेपालका अध्यक्ष संगीता दिदीको मार्गनिर्देशनमा संचालित विशुद्ध गैह्र नाफामूलक आध्यात्मिक संस्था श्री राधा माधव समिति नेपाल र यस अन्तर्गतका सत्संग केन्द्र तथा यस सम्वध्द डिभाईन युथ क्लव नेपाल , विद्वत समाज नेपाल लगायतका भातृ संगठनहरु श्री कृपालु महाप्रभुको मानव सेवा र भक्ति साधनालाई एकसाथ अघि बढाउने मार्गनिर्देशनलाइृ आत्मसात गर्दै हरेक कठिन घडीमा विपत प्रभावित जनहरुलाई सघाउने कार्यमा क्रियाशील रहंदै आएका छन् ।