काठमाडौं, १ जेठ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन ५२ औं दिन बिहीबार पनि जारी छ । पटकपटक थप गर्दै जारी लकडाउनलाई ५ जेठसम्म पुर्याइएको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि बिहीबारबाट लकडाउनलाई थप कडाई गरेको छ । लामो लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले गएको ४२ प्रकारका उद्योग–व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएको छ ।
तर उक्त उद्योग–व्यवसाय सञ्चालन गर्न एक तिहाइमात्र कर्मचारी राख्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै काठमाडौं भित्रने नाकामा थप कडाई गरिएको छ भने यसअघि जारी गरिएको पास पनि खारेज गरिएको छ ।