कोरोना संक्रमणको अवस्थामा शैक्षिक संस्थाहरुको अन्तर्क्रिया सम्पन्न

कोरोना संक्रमणको अवस्थामा शैक्षिक संस्थाहरुको अन्तर्क्रिया सम्पन्न

-रामचन्द्र दुलाल-

सिन्धुपाल्चोक, २३ वैशाख । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं २ वडा शिक्षा समिति र सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडा भित्र सञ्चालित विद्यालयहरुको मिलान र शैक्षिक सुधार सम्बन्धमा कोरोना संक्रमणको अवस्थामा सामाजिक दुरी कायम गरी माक्स र ग्लोप्स सहित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष सन्तबहादुर तामाङ्गको अध्यक्षतामा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कुमार चौलागाईको सञ्चालनमा वडा भित्र सञ्चालित विद्यालयका प्रधानाध्यापकहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु राजनितिक दलका प्रतिनिधिहरु ,समाजसेवी, बुद्धिजिवीहरूको,उपस्थितीमा कार्यक्रम सम्पन भएको थियो।

उक्त कार्यक्रममा शैक्षिक सत्र २०७७ बाट कसरी शैक्षिक गुणस्तर अभिबृद्धि गरी बालबालिकाहरुलाई प्रभावकारी र आधुनिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सन्दर्भमा गहन छलफल भएको थियो । साथै यस शैक्षिक सत्रबाट वडा भित्रका सञ्चालित विद्यालयहरुमा सुचना प्रविधि मैत्री आधुनिक शिक्षामा जोड दिनुपर्ने सहभागीहरुको सुझाव रहेको थियो।