ब्राउन सुगर सहित नवलपरासीमा एक जना पक्राउ

ब्राउन सुगर सहित नवलपरासीमा एक जना पक्राउ

रबिन्द्र यादव

नवलपरासी पश्चिम, १६ बैशाख । ब्राउन सुगर र लागूऔषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका वडान–३ कुस्मा गाउँका ३४ वर्षीया शेषकान्त उपाध्याय रहेका छन् ।

नवलपरासी पश्चिमको सीमावर्ती नाकाबाट शसस्त्र प्रहरी बल नेपाल बिओपी भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भुजहवा नाकाबाट फकर्दै गरेका शेषकान्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता बिरेन्द्र थापाले बताए । भारतमा आफ्नो ससुराल गएको र फर्कदै गरेको अवस्थामा ब्राउन सुगर र लागूऔषधि सहित पक्राउ गरिएको थापाले बताए ।

लकडाउनको समयमा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचाल गरेपनि एकान्त स्थानबाट उनले भारतीय स्कुटीमा राखेर लागूऔषध ल्याईएको थापाले बताए ।उनको साथबाट ७र१५ ग्राम ब्राउन सुगर, विभिन्न नामका ८ सय १४ पिस लागूऔषध इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस बरामद भएको हो ।

पक्राउ परेका उपाध्याय र बरामद भएका लागूऔषध आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परासी पठाइएको छ । सोधपुछपछि प्रहरीले उपाध्यायकी श्रीमती र ३ बर्षिय छोरा भारतबाट आएको हुनाले दुबै जनालाई लोहरौलीमा रहेको क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।