कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित, एसईई पनि अनिश्चित

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित, एसईई पनि अनिश्चित

काठमाडौं २५ चैत । राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को र २१ गतेदेखि गर्ने तय भएको कक्षा ११ परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । बोर्डको चैत्र २५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

जनजीवन सामान्य भएपछि मात्रै एसईई हुने

को संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन हटेर मुलुकभरको जनजीवन सामान्य नभएसम्म माध्यमिक शिक्षा परीक्षा ९एसईई० नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको गरेको छ ।
साथै एसईई परीक्षा हुने नयाँ कार्यतालिका प्रकाशन नगरिएको र परीक्षा हाल स्थगनकै अवस्थामा रहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन जारी रहेको तथा संक्रमणको त्रास कायमै रहेको अवस्थामा एसईई परीक्षा कहिले गर्न सकिन्छ भन्ने कुरा यकिन नै गर्न नसकिएको बताउनुभयो । यस अवस्थामा कुनै पनि भ्रममा नपर्न, धैर्य गर्न विद्यार्थी तथा अभिभावकलाई बोर्डले आहन गरिएको छ । ‘विद्यार्थीमा कोरोना भाइरसको भय, त्रास रहेको अवस्थामा परीक्षा गर्न सकिने सम्भावना हुँदैन, मुलुकभरको अवस्था सामान्य नभएसम्म परीक्षा गर्न सम्भव देखिदैन’ परीक्षा नियन्त्रक खकुरेलले बताउनुभयो ।

लकडाउन खुलेर जनजीवन सामान्य हुने थालेपछि पनि परीक्षाका लागि विद्यार्थीलाई केही दिन समय दिइने जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभयो । मन्त्रिपरिषद्को सोमबारको बैठकले जारी लकडाउन आगामी बैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरिसकेको छ ।

एसईईमा अनिवार्य छ वटा विषयको प्रश्नपत्र प्रदेश पिच्छे अलग अलग गरिए पनि दुई वटा ऐच्छिक विषयको प्रश्नपत्र भने सबै प्रदेशबाट परीक्षा दिने विद्यार्थीको एउटै बनाइएको छ । यो अवस्थामा एसईईको परीक्षा गर्न देशभरकै जनजीवन सामान्य हुनुपर्ने र त्यसकै प्रतिक्षा भइरहेको बोर्डले जनाएको छ ।

लगायतको चरण बाँकी नै रहेकोले पूर्वनिर्धारित परीक्षा सार्नुपर्ने अवस्था रहेको र त्यसको औपचारिक निर्णय आजै गरिने बोर्डले जनाएको छ । याे खबर गोरखापत्रबाट लिएका हाैं ।