पूर्वमन्त्री बस्नेतले त्रिपुरासुन्दरीका स्वास्थ्य संस्थालाई गरे पीपीइ वितरण

पूर्वमन्त्री बस्नेतले त्रिपुरासुन्दरीका स्वास्थ्य संस्थालाई गरे पीपीइ वितरण

-निरोज चौलागाईं –

सिन्धुपाल्चोक, २३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री महाेन बहादुर बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन। पूर्वमन्त्री बस्नेतले धुस्कुन उपस्वस्थ्य चौकी,पिस्कर स्वास्थ्य चौकी,तौथली स्वास्थ्य चौकी र टेकानपुर स्वास्थ्य चाैकीमा स्वस्थ्यकर्मीहरूलाइ मेडिकल सामाग्री सहयोग गरेका हुन ।

कोभिड १९ रोकथामका लागि प्रयोग गरिने स्वास्थ्य सामाग्री पाएका त्रीपुरासुन्दरी गाउँपालिका स्थित धुस्कुन उपस्वस्थ्य चौकी,पिस्कर स्वास्थ्य चौकी,तौथली स्वास्थ्य चौकी र टेकानपुरका स्वास्थ्यकर्मीहरू पिपिइ अर्थात ब्यक्तिगत सुरक्षा सामाग्री, सेनिटाइजर, माक्स ग्लोब्स पाएपछि खुसी देखिएका छन् ।

अहिले कोरिनाको बिश्वभर आक्रान्त पारिरहेको छ । सरकारले नेपालमा लकडाउन गरेपछि त्रीपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य सामाग्री अभावमा गुज्रिएको थियाे । जिल्लाका अधिकांस स्वास्थ्य सस्थामा मेडिकल सामाग्री सहयोग गर्दै आएका पूर्वमन्त्री बस्नेतले त्रीपुरासुन्दरी गाउँपालिकामा पनि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

नेपालमा दिन दिनै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ,स्वस्थ्यकर्मीहरु आत्तिएका छन तर सरकारले भने, आबश्यक सामाग्री उपलब्ध गराउन सकेको छैन पूर्बमन्त्री बस्नेतले भने, यस्तो अबस्थामा हामीले गाउँ,गाउँमा पुगेर सामाग्री दिएका छौ, यसले स्वस्थ्यकर्मीहरुमा कोभिड १९ को उपचारमा खटिदा हुने जोखिमबाट बच्न सक्ने भएकाले उनीहरुको लागि सहयोग गर्दै आएको छु । पिस्कर स्वास्थ्य चौकिका स्वस्थ्यकर्मी भन्छन्, कोरोना भाइरससंग मिल्दोजुल्दो खालका बिरामी बढीरहेका छन स्वस्थ्य सस्थामा आबश्यक सामाग्री आएको छैन अहिले यहि पिपीइ भएपनि पाएकाछौ, सहयोगमा जुटाउने पूर्बमन्त्रीलाइ हृदय देखिनै आभार दिन्छौ, पिस्करका स्वास्थ्यकर्मीले एकै स्वरमा भने।

तौथलिका स्वस्थ्यकर्मी गंगा राई भन्छिन् सिन्धुपाल्चोकको सबैभन्दा बाक्लो बस्ती तौथलि हो, यस्तो बस्ती भएको वडामा समेत गाउँपालिकाले चाहिने सहयोग र पूर्ब तयारी गर्न सकेको छैन । हामिमा एउटा त्रास पैदा भएको छ कोरोनासंग मिल्दोजुल्दो बिरामी आउनासाथ डराउनु पर्ने अबस्था आइपरेको उनले सुनाइन्। सामान्य अबस्थामा रहन समेत कुनै मेडिकल सामाग्री छैन अहिले जताततै अभाव देखिन्छ । तपाईंहरुको यो सहयोगले स्वास्थ्यकर्मिमा एउटा हौसला मिलेको छ, राईले बस्नेतसंग भनिन्।