सुनौली नाकामा अलपत्र परेका भारतीयलाई नेपालतर्फ व्यवस्थापन [भिडियाे]

सुनौली नाकामा अलपत्र परेका भारतीयलाई नेपालतर्फ व्यवस्थापन [भिडियाे]

काठमाडौं, १९ चैत । नेपालको सीमावर्ती बजार सुनौलीमा अलपत्र परेका भारतीयहरुलाई नेपालतर्फ व्यवस्थापन गरिएको छ ।

दुवै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमतिपछि नेपालमा रहेका १५६ जना भारतीय नागरीकलाई भैरहवास्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा राखिएको हो । नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका भारतीयलाई क्वारेन्टाइनमा राख्ने गरी सहमति अनुसार नै प्रतिष्ठानको भवनमा राखिएको प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले जानकारी दिनुभयो ।

सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदूरलाई रुपन्देहीको भैरहवास्थित प्रतिष्ठानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको निर्देशक केसीले बताउनुभयो । प्रतिष्ठानमा रहेका भारतीय नागरिकको स्वास्थ्यपरिक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहदा उनीहरुको खानपानको व्यवस्था सिद्धार्थ नगरपालीकाले गरेको छ भने खाजाको व्यवस्था प्रतिष्ठानले गरेको छ । त्यस्तै सुरक्षाको व्यवस्था भने नेपाली सेनाले गरेको निर्देशक केसीले जानकारी दिनुभयो । त्यस्तै प्रतिष्ठानले रुपन्देही विपत व्यवस्थापन समितिलाई १५ सय थान मास्क पनि उपलव्ध गराएको छ ।

भिडियाे