चैती छठ कोरोनाका कारण प्रभावित {भिडियाे}

चैती छठ कोरोनाका कारण प्रभावित {भिडियाे}

काठमाडौं, १७ चैत । तराई मधेषमा हर्सोलाषका साथ मनाईने चैती छठ कोरोनाका कारण प्रभावित भएको छ । कारोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेसंगे, यसपाली छठ पर्वको रौनक शुन्य देखिएको छ । जनकपुरधामको एतिहासीक गंगासागर पोखरी, धनुष सागर, अरगज्जा पोखरी ताल, नदी लगायतका जलासयहरू सुनसान रहेको छ ।

छठघाट तथा पुजा व्यवस्थापन समिति र जिल्ला प्रसासन कार्यालयले सूचना जारी गर्दै कोरोना भाइरसले गर्दा एकठाउँमा भेला गर्न नसक्ने जनाउँदै आ—आफनो घरमै छठ पर्व मनाउँन आग्रह गरेको छ । चैते छठ पुजाको लागि चाहिने आवश्यक पुजा समाग्रीको जेहेनतेहेन व्यवस्थापन गर्नमा छठवर्तालुहरु अलि अलि बजारमा किनमेलमा भने जुटेका थिए ।

प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि सुरू हुने चैती छठको पहिलो दिन व्रत बसेका महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ । आजको दिनमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट बनेको पिठोबाट विभिन्न प्रकारको प्रसाद बनाइन्छ । त्यही प्रसाद छठीमातालाई चढाउँने गरिन्छ ।चतुर्थीलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ । गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् ।

चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने पनि गरिन्छ । चैत १६ गतेका दिन खरना विधि हुन्छ भने १७ गते सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिईनेछ । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ सम्पन्न गरिने परम्परा रहेको छ । छठपर्वको दिन विभिन्न प्रकारको प्रसादसहित नजिकको पोखरी, तलाउमा गएर सूर्य देवतालाई सन्ध्या अर्घ दिने परम्परा भएपनि यसपालिको आ—आफनै घरमा ठूलो बट्टामा पानी राखेर अर्घ दिने व्यवस्था मिलाएका छन् ।

भिडियाे