लकडाउन छैठौं दिनः सडक सुनसान, चेकजाँचमा कडाइ (भिडियो)

लकडाउन छैठौं दिनः सडक सुनसान, चेकजाँचमा कडाइ (भिडियो)

काठमाडौं, १६ चैत । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको छैठाैं दिन सडक सुनसान देखिएको छ । सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले काठमाडौँबाट केहिलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ ।

अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।