सांसद राणाद्वारा कोभिड-१९ विरुद्धको राहत कोषमा एक महिनाको तलब दिने घोषणा

सांसद राणाद्वारा कोभिड-१९ विरुद्धको राहत कोषमा एक महिनाको तलब दिने घोषणा

हेटौँडा । बाग्मती प्रदेश सभा सदस्य बिजुला वर्मा राणाले एक महिनाको तलब कोरोना सहयोग कोषमा जम्मा गरेकी छिन् । नेपाली कांग्रेसकी जुझारु नेतृ सांसद वर्माले आफ्नो सामाजिक सञ्जाल मार्फत कोषमा सहयोग गर्ने घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् “कोभिड १९ विरुद्धको राहत कोषमा एक महिनाको तलब दिने घोषणा गर्दछु । सबै माननीय ज्युलाई यो बिपदको घडीमा जुट्नका लागि विनम्र आग्रह” उनले अन्य सांसदहरुलाई पनि सहयोगको लागि आग्रह गरेकी छिन् ।

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसद बर्मा कांग्रेसको विद्यार्थी र महिला संगठन पृष्ठभुमिमा आएकी हुन् । बाग्मती प्रदेशको प्रदेश सभामा खरो रुपमा आफ्नो प्रस्तुती दिँदै आएकी छिन् ।