–रामचन्द्र दुलाल–
काठमाडौं । विप्लव माओवादी छोडेर एक जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विप्लव माओवादी सिन्धुपाल्चोक जिल्ला सचिवालयका सचिव पूर्व माओवादी सिन्धुपाल्चोक ३ नं एरिया इन्चार्ज इन्द्रबहादुर ठकुरी (रन्जित) कांग्रेसमा प्रवेश गरेका हुन् ।
ठकुरी २०५४ सालदेखि नेकपा माओजादीका पूर्णकालिन कार्यकर्ता हुन् । उनलाई चैत १ गते शनिबार काठमाडौ बौद्धमा नेपाली काग्रेस सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रमकाबीच पुर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले खादा माला लगाई कांग्रेसमा प्रवेश गराएका हुन् ।