भ्रममा नपराैं कोरोनाका कारण एसईई परीक्षा सर्दैन {हेर्नुहाेस् प्रेस विज्ञप्ति}

भ्रममा नपराैं कोरोनाका कारण एसईई परीक्षा सर्दैन {हेर्नुहाेस् प्रेस विज्ञप्ति}

काठमाडौं, २४ फागुन । संसारका धेरै देशमा त्रासका रुपमा देखिएको कोरोना भाइरसका कारण आसन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुनै असर नपर्ने नेपाल सरकारले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भनेकाे छ –’चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा पूर्ण सजगता अपनाउँदै परीक्षाको तयारी गर्न सम्पूर्ण विद्यालयलाई अनुराेध छ ।’ केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा एसईई परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द गर्ने भन्ने खालका समाचार संप्रेषण भइरहेको हुँदा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।

मन्त्रालयले अहिलेकाे अवस्थाको नियमित समीक्षा, विश्लेषण गरिरहेको पनि जनाएको छ । विज्ञप्तिमा भनिएकाे छ – ‘अहिले नै आपतकालीन अवस्था आइनसकेको हुँदा डराउनु नपर्ने भएकोले परीक्षा तोकिएको समयमा सञ्चालन गरिने छ ।