कोरोनाको आशंकामा मंगलबार फेरि दुईजना अस्पताल भर्ना

कोरोनाको आशंकामा मंगलबार फेरि दुईजना अस्पताल भर्ना

काठमाडौँ,२० फागुन । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड १९) को आशंकामा मंगलबार फेरि दुईजनालाई भर्ना गरिएको छ । दुईजना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।

कोरोना संक्रमणको आशंकमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले जानकारी दिए ।

कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ । चारै जना नेपाली नागरिक हुन् ।

डिस्चार्ज भएका एकजना चीनबाट र अर्का तीनजना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ ।

दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।