काठमाडाैं, १५ फागुन । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को नतिजा माेबाइल एसएमएसबाट हेर्नसकिने सुविधा थप गरेकाे छ । नतिजा हेर्नकाेलागि TSC लेखि एउटा स्पेस दिएर आफ्नाे एप्लिकेसन आइडी {स्पेस नराखी} लेखि 31007 मा एसएमएस पठाउनुपर्ने छ ।आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेकाे थियाे । आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको हाे ।
माध्यमिक तह: इलेक्ट्रिकल इञ्जिनियरिङ्ग
माध्यमिक तह: सिभिल इञ्जिनियरिङ्ग
माध्यमिक तह: कम्प्युटर इञ्जिनियरिङ्ग
माध्यमिक तह: बाली विज्ञान
माध्यमिक तह: पशु विज्ञान
माध्यमिक तह: कानुन
माध्यमिक तह: कम्प्युटर विज्ञान