दाङबाट १ सय ७५ ले लिए अङ्गीकृत नागरिकता

दाङबाट १ सय ७५ ले लिए अङ्गीकृत नागरिकता

तुलसीपुर, ८ फागुन । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङ जिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उहाँले जानकारी दिनुभयो ।

संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । रासस