यौन शोषणको आरोपमा एसएसपी राणा निलम्बित

यौन शोषणको आरोपमा एसएसपी राणा निलम्बित

काठमाडौं, १७ माघ । यौन शोषण गरेको आरोप लागेपछि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।राणालाई गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा निलम्बन गरेको हो । राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो ।

राणालाई निलम्बन गर्न प्रधान कार्यालयले गृहलाई अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा राणालाई बिहीबारदेखि निलम्बनमा गरिएको हो ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्।